 
                                                                    
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको विपक्षी दलको बैठकमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजिएको चर्चाका विषयमा छलफल भएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको विपक्षी दलको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महन्त ठाकुर, प्रभु साह, शक्ति बस्नेत, डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ सहभागी थिए ।
सोही बैठकमा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी हुन सक्ने र पूर्वाग्राही भएर उनलाई पक्राउ गर्न खोजिएको भन्दै रास्वपाका नेताहरुले ध्यानाकर्षण गराएका थिए ।
बैठकपछि रास्वपा नेता विराजभक्त श्रेष्ठले सभापति लामिछानेमाथि हुने पूर्वाग्रही व्यवहार स्वीकार्य नहुने बताए ।
माओवादी नेता शक्ति बस्नेत र एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि राजनीतिक पूर्वाग्राही हुन नहुने बताए ।
पाण्डेले गल्ती गरेको भए अनुसन्धान हुन आवश्यक रहेको भन्दै सहकारी ठगीको निहुँ बनाएर पक्राउ पुर्जी जारी गर्न लागिएकोबारेमा भने दलहरू गम्भीर रहेको बताए ।
सोही बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए ।
 

 
                
            



 
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    