काठमाडौँ । आउँदो मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ । यसका लागि दल दर्ता प्रक्रिया सकिसकेको छ भने निर्वाचन अधिकृतको कार्यालय रहने स्थान पनि तोकिएको छ ।
यसैक्रममा न्याय परिषद्ले सो उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।
जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । ६ स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।
परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौँको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ ।
मेयरदेखि वडाध्यक्षसम्मका ३९ पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।