Odapalika - The Fourth Estate - चौथो अंग
महाबुमा समाजवादीबाट ‘चोरेर’ एमालेले बनायो उम्मेदवार

काठमाडौँ । दैलेखको महाबु गाउँपालिकामा एमालेले २ दिनअघिमात्रै समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका व्यक्तिलाई उम्मेदवार बनाएको छ । 

अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको हो । उनी मंगलबार मात्रै एमालेमा प्रवेश गरेका हुन् । 

नेकपा एसका केन्द्रीय सदस्य शाहीलाई कर्णालीका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले दैलेख पुगेर एमालेमा ल्याएका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष चलाइसकेका हुन् । एमाले विभाजन हुँदा उनले समाजवादी रोजेका थिए । 

यहाँ चार राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट झलक भण्डारी माओवादी केनद्रबाट जंगबहादुर बराल राष्ट्रिय स्वतन्त्र पार्र्टीबाट प्रकाशकुमार बुढा उम्मेदवार छन् । रास्वपाबाट उम्मेदवार बनेका बुढा विगतमा एमाले, समाजवादी हुँदै रास्वपामा गएका हुन् । उनी समाजसेवीका रूपमा समेत चिनिन्छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update