Odapalika - The Fourth Estate - चौथो अंग
एमालेलाई भोट मागेर हिड्न थाल्यो ढकालको परिवार दल

काठमाडौँ । एमालेको सूर्य चिन्हबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरेको एनजिओकर्मी एकनाथ ढकालको परिवार दलले स्थानीय तह उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउने भएको छ । 

ढकालले सामाजिक संजालमार्फत एमालेका उम्मेदवारलाई सघाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएलगत्तै पार्टी पंक्ति एमालेका उम्मेदवार जिताउन लागि परेको  सो पार्टीले जनाएको छ । 

१६ मंसिरमा तय भएको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयनको कार्यक्रम छ । मनोनयनकै दिन सो पाटीृले उपनिर्वाचन हुने सबै स्थानमा एमालेका उम्मेदवारलाई भोट हाल्ने र माग्ने निर्णय गरेको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update