Odapalika - The Fourth Estate - चौथो अंग
कीर्तिपुरमा स्वतन्त्रले उम्मेदवारीको खाता खोले 

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा सबैभन्दा पहिलो उम्मेदवारी एकजना स्वतन्त्रको परेको छ । 

निर्वाचन आयोगका अनुसार कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षका लागि सबैभन्दा पहिले स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । विनोद महर्जनले स्वतन्त्र रुपमा पहिलो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले बताइन् । कीर्तिपुरमा मेयरका लागि पनि उपनिर्वाचन हुँदैछ । 

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता जारी छ । सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।     

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।     

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update