Odapalika - The Fourth Estate - चौथो अंग
कीर्तिपुरकाे मेयरमा एमालेसहित ३ जनाको उम्मेदवारी दर्ता, वडामा कसकसको ? 

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरमा एमालेका सहित ३ जना उम्मेदवारी दर्ता भएको छ । 

एमालेले मेयरमा डा सुरेन्द्र माननधर तथा वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीको मनोनयन दर्ता गराएको छ । 

उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले धमाधम मनोनयन दर्ता कार्य भइरहेको छ । 

मेयरका लागि नेपाल समाजवादी नयाँ शक्ति पार्टीका दिल कुमार महर्जनले पनि  उम्मेदवारी दर्ता गराएका छन् । उनी डा. बाबुराम भट्टराई नेतृत्वको पार्टिबाट उम्मेदवार बनेका हुन् । 

यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एसले गठबन्धन गरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस एक्ला एक्लै चुनाव लड्दैछन् ।

मेयरका लागि स्वतन्त्रबाट नवरथ कुमार बानियाँले पनि मेयरमा उम्मेदवारी मनोनयन गरेका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update