
काठमाडौँ । १६ मंसिरमा कीर्तिपुर नगरपालिकामा हुन गइरहेको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अन्ततः उम्मेदवारी नदिने भएको छ ।
कीर्तिपुरमा उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए । उनले उम्मेदवारी नदिने तर कसलाई समर्थन गर्ने भन्ने विषयमा छिट्टै निर्णयमा पुग्ने बताए ।
उता प्रतिस्पर्धी दलहरुले भने रास्वपाले उम्मेदवार नै नपाएको बताएका छन् । रास्वपाका जिल्लास्तरीय नेताहरुले पनि उपर्युक्त व्यक्ति नपाएका कारण मनोनयन नगरेको जनाएको छ ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुरमा मेयर र २ वडाध्यक्षमा उम्मेदवारी मनोनयन गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र ४ को अध्यक्षमा विजेश बस्नेतले मनोनयन दर्ता गराएका छन् ।