कालिगण्डकीले ८० घर बगायो, क्षतिको विवरण आउन बाँकी

 

काठमाडौँ । कालीगण्डकीले पर्वत जिल्लाको जलजला गाउँपालिका–८ का ८० वटा घर बगाएको छ ।

जलजला गाउँपालिका–८ स्थित फर्से बस्तिमा कालीगण्डकी नदिको बहाव  बस्तीमा पस्दा अन्दाजी ८० वटा घर बगाएको सशस्त्री प्रहरी बलले जानकारी दिएको छ ।

हिजो राति देखिनै बाढी बस्तिमा पस्न शुरु भएपछि मानिसहरू सुरक्षीत स्थानमा गएका थिए । मानबीय क्षती भए  नभएको अझै एकिन हुन नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

अन्य घरहरु समेत उच्च जोखिममा रहेकोको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं. २५ चन्डिका गण पर्बत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सर–सामान तथा सबै स्थानीयहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ भने बिजुली नभएको र फोन सम्पर्कमा समेत समस्या आएको सशस्त्र प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update