Odapalika - The Fourth Estate - चौथो अंग
कीर्तिपुर, ग्रामथान र हेटौडा उपमहानगर र काठमाडौँमा कसकसले गरे उम्मेदवारी दर्ता ?

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरमा तथा दुई वडामा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएको छ । श्रीकृष्ण महर्जनलाई सो पार्टीले मेयरमा अघि सारेको हो ।

कीर्तिपुरको वडा नम्बर १ को वडाध्यक्षमा कृष्ण प्रसाद महर्जन र ४ नम्बर वडाध्यक्षमा महेश्वर सुवेदीको मनोनयन दर्ता गरेको सो पार्टीले जनाएको छ । 

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि राप्रपाका दिनेशकुमार थान्दारले उम्मेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन कार्यालय ग्रामथान तेतरिया पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यहाँ नेकपा एमालेका तर्फबाट तुलसीराम विश्वासले १ बजे, कांग्रेसका बलराम सरदारले २ बजे, माओवादीका नमोनारायण माझीले साढे २ बजे उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । 

यहाँ जनमत पार्टी, रास्वपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, समावेशी समाजवादी पार्टी र जनता समाजवादी पार्टीले पनि उम्मेदवारी दर्ता गर्ने तालिका छ ।

उता उपनिर्वाचन हुन लागेको  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्ष पदका लागि रास्वपाका आशा वीर बलले मनोनयन दर्ता गरेका छन् । 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा राप्रपाले प्रेमबहादुर भ्लोनको उम्मेदवारी दर्ता गराएको छ । 

यता नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेपपिछ अहिले उम्मेदवारी मनोनयका लागि वडा कार्यालय जाने तयारी भइरहेको कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update