काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै ६ उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ ।
अनुमगनका क्रममा आचारसंहिताविपरीत गतिविधि गरेको पाइएको भन्दै कीर्तिपुर नगरपालिकाका राजमान महर्जन, मीनबहादुर मानन्धर, शिवशरण महर्जन, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायतसँग स्पष्टीकरण सोधेको हो ।
आउँदो आइतबार कीर्तिपुर नगरपालिकाको मेयर, दुई वडाध्यक्षसहित देशका ३८ स्थानीय तहमा ४१ पदका लागि उपनिर्वाचन हुँदै छ ।
बिहीबार मध्यरातिदेखि मौनअवधि सुरु भइसकेको छ । मौनअवधि सुरु भएसँगै चुनावको प्रचार प्रसार गर्न पाइँदैन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १५:१७
प्रतिक्रिया दिनुहोस्