चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही पुस ११ गते चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्रअनुसार संघीय मामिला मन्त्रालयले मंगलबार देशभरका सबै स्थानीय तहलाई पत्र पठाएर पुस ११ गते चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन भनेको हो । 

‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, ज्येष्ठ नागरिक संरक्षण शाखाको प.सं. २०८१/०८२, च.नं. ज्ये.ना.सं.शा./४७ मिति २०८१/०९/०८ को चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ स्थानीय तहलाई संघीय मामिला मन्त्रालयमा उल्लेख गरिएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष ‘सभ्य समाजको आधार : ज्येष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको जनाएको छ । 

ज्येष्ठ नागरिक मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘...यस मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको सहकार्यमा यही पौष ११ गते चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ‘सभ्य समाजको आधार : ज्येष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने मूल नाराका साथ कार्यक्रम मनाउन गैरहेको हुँदा सो सन्दर्भमा उक्त दिन भव्यताका साथ विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउनका लागि सबै स्थानीय तहहरुमा आवश्यक निर्देशनका लागि आदेशानुसार अनुरोध छ ।’ 

उक्त पत्रको आधारमा संघीय मामिला मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेर चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन भनिएको हो । 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update