Odapalika - The Fourth Estate - चौथो अंग
लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बुधबार बैंकको २४ औं साधारणसभाले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन र वित्तीय विवरण स्वीकृत गरेको छ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ ।

पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने गत आर्थिक वर्षमा ३३३ अर्ब निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पु¥याएको छ । 

गत आर्थिक वर्षमा २ अर्ब ९२ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकको बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update