ओली र देउवाको फोटो सेयर गर्दै बालेनले भने– टुंडिखेल कार्यकर्तालाई दिने अध्यादेश पास भएछ
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहल भूमिसम्बन्धी अध्यादेश जारी भएपछि राजनीतिक दलप्रति कटाक्ष गरेका छन् ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेपछि मेयर बालेनले खोलामात्र होइन टुंडिखेल पनि आफ्ना कार्यकर्तालाई बाँड्न अध्यादेश पास भएको भन्दै कटाक्ष गरेका हुन् ।
‘अब खोला मात्र हैन टुंडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ फेसबुकमा मेयर बालेनले लेखेका छन्, ‘बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १८:२९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                        -1746446317.jpeg) 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    