Odapalika - The Fourth Estate - चौथो अंग
६ महिनामा जुम्लामा ११ किमी सडक बन्यो, ३ स्थानीय तहमा पुल बन्ने 

काठमाडौँ । जुम्लामा ६ महिनामा झण्डै साढे ११ किलोमिटर सडक निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ११.३ किलोमिटर सडक निर्माण गरेको छ । 

कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बता भन्दै पछिल्ला ६ महिनामा ११ किलोमिटर भन्दा वढी सडक बनाइएको बताए । 

यो आर्थिक वर्षमा १८ वटा सडक निर्माण आयोजना सञ्चालनमा छन् । ती योजनाका लागि १८ लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म विनियोजन भएको छ । 

झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका–४ स्थित गिडीदह, सिञ्जा–२ स्थित रनुखाना, हिमा–१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ । लाम्रोचौर गाडापारी र मसानघाट जिम्री  जिउलामा पुल बनाउन भने रकम अभाव भएको कार्यालयको भनाइ छ । 

तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुङ्गेपुलहरु मर्मतसम्भार गर्ने कार्यलाई पनि संगसँगै अघि वढाइएको सो कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update