बारपाकको एसइइ अफरः १५ हजारदेखि १ लाखसम्म बाँड्ने यस्तो छ योजना

काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले एसईईका परीक्षार्थीलाई हौस्याउन पुरस्कारको अफर सार्वजनिक गरेको छ । 

७ चैतबाट सुरु हुने एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई १ लाख रुपेयाँदेखि १५ हजार रुपैयाँसम्म पुरस्कार दिने गाउँपालिकाको घोषणा छ । 

कार्यपालिका बैठकको निर्णयअनुसार ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । 

३.९ देखि ३.९९ सम्म ल्याउनेलाई ५० हजार, ३.८ देखि ३.८९ ल्याउनेलाई २५ हजार, ३.७ देखि ३.७९ ल्याउनेलाई २० हजार, ३.६ देखि ३.६९ जिपिए ल्याउनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार दिने भट्टले जानकारी दिए ।

पालिकाबाट यो वर्ष नियमिततर्फ २९८ जना र ग्रेड वृद्धिमा ७३ जना गरी ३७१ जना सहभागी हुँदैछन् । एसईईको नतिजालाई उत्कृष्ट बनाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ । 

पालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएको छ भने अभिभावक विहीन विद्यार्थीलाई छात्रबासमा राखेर १२ कक्षासम्मको निःशुल्क शिक्षा दिइरहेको छ । 

एमबीबीएस अध्ययन र स्नातकोत्तर तहमा अध्ययनरत दलित तथा बराम समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको गाउँपालिकाले जनाएको छ । 

483994842_1037493788405494_7454838189341330224_n-1741849934.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update