Odapalika - The Fourth Estate - चौथो अंग
खराव ऋणीको पुराण लगाएर ग्रहशान्ति ! सहकारी व्यासबाट के भन्दैछन् पण्डित ?

काठमाडौँ । मृतकको सम्झनामा र पितृको स्वर्गवासलगायतको कामनासहित हिन्दु धर्मावलम्बीहरुमा श्रीमद् भागवत् सप्ताह लगाउने चलन छ । 

तर बागलुङको एउटा सहकारीले भने खराब ऋणीहरुको ग्रहदशा बिग्रिएको भन्दै ग्रहशान्तिका लागि सप्ताह लगाइरहेको छ । 

बागलुङको सिवाइसी सहकारीले सहकारीप्रतिको नकारात्मक भ्रम चिरेर ऋणीलाई ऋण तिर्न प्रेरित गर्न सहकारी पुराण लगाइएको बताएको छ । 

मंगलबारबाट सुरु भएको सप्ताहमा सहकारीबाट ऋण लगेर ऋण तिर्न कठिन भएका सदस्यको ग्रहशान्ति गर्ने र सदस्यलाई जागरुक बनाउने दुबै काम जारी रहेको आयोजकको भनाइ छ । 

सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले ऋण लगेकाले नतिर्ने र बचतकर्ताले विश्वास नगर्ने भएपछि पुराण लगाएरै सचेत गराइएको बताए  ।  

सिवाइसी सहकारीले सदस्यलाई जागृत गर्न र ऋणीलाई ऋण तिर्न प्रेरित गर्न पुराण लगाएको उनको भनाइ छ । ऋण लगेर नतिर्दा सामाजिक रूपमा बहिष्कारमा परिने मात्र होइन ऋण नतिर्नेलाई धार्मिक रूपमा समेत पाप लाग्ने, कल्याण नहुने र नर्कमा जाने कुरा पुराण लगाएर पण्डितको मुखबाटै सुनाउन सप्ताह लगाएको उनको भनाइ छ । 

आयोजकको चाहना अनुसार व्यासमा बसेका पण्डितहरु पनि ऋण नतिर्नेलाई पाप लाग्नेलगायतका विभिन्न धार्मिक उक्तिहरु जोडबलका साथ बेला बेलामा सुनाइरहेको पुराणमा सहभागीहरु बताउँछन् । 

यतिराज आश्रम सहश्रधारा पर्वतका पीठाधिश्वर स्वामी नारायणाचार्यले वेदमै सबैले सबैको भलो गर्नुपर्ने लेखिएको बताउँदै ऋण लिएर नतिर्नेको कल्याण नहुने भन्दै प्रवचतन दिइरहेका छन् ।  सहकारी पुराणमा प्रवचनसँगै भजन कीर्तनसमेत जारी छ । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update