Odapalika - The Fourth Estate - चौथो अंग
कक्षा १२ को परीक्षा नरोकिने, शिक्षक नआए निजामती बस्नेछन् गार्ड 

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमै अर्थात ११ बैशाबाटै हुने बताएको छ । 

काठमाडौँमा जारी शिक्षकहरुको आन्दोलनका कारण परीक्षा के हुने भन्ने अन्योल भएका बेला परीक्षा शुरु हुनु  ३ दिन अघि बोर्डले निजामती कर्मचारी प्रयोग गरेरै भएपनि परीक्षा गराइछाड्ने अडान लिएको छ । 

बोर्डले परीक्षार्थीलाई ढुक्क भएर तयारी गर्न भन्दै निर्धारित समय र मितिमै परीक्षा हुनेमा ढुक्क रहन भनेको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि नै परीक्षा सञ्चालन गर्ने भएको हो ।

निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षासमेत संचालन गरेको उदाहरण पेश गर्दै बोर्डका सदस्यले १२ को परुीषामा पनि कर्मचारी परिचालन गर्नुपर्ने भनेपछि बोर्ड सो निष्कर्षमा पुगको बताइएको छ । 

अन्य प्राविधकि समस्या नआए अब निजामती कर्मचारीले कक्षा १२ को परीक्षा संचालन गर्छन,’ बोर्डका एक उच्च पदस्थ कर्मचारी भन्छन् । 

बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले उनले भने,‘परीक्षा केन्द्र तोकिसकिएको छ । परीक्षा समय मै होस् भनेर हरेक अनुरोध आएको छ । आज पनि हामीले हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा सञ्चालनको आवश्यक तयारी गर्न भनेका छौं ।’

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update