प्रहरीले यसरी पत्ता लगायो ११ जिल्लाका संजाल, २१ जना सहभागी, १८ अर्बको अवैध कारोबार

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले करिब १८ अर्ब रुपैयाँको अवैध कारोबार गर्ने संजाल नियन्त्रणमा लिएको बताएको छ ।

सिइआबीले ११ जिल्लामा बसेर १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न व्यक्ति पक्राउ गरेको हो । यस्तो कार्यमा २१ जना संलग्न रहेको प्रहरीको भनाइ छ । सिआइबीले अवैध कारोबारमा संलग्न रहेको पत्ता लगाएको सम्भवतः यो नै अहिलेसम्मको सबैभन्दा बढी रकम बराबरको कारोबार हो ।

नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिटान्स बन्द गरेको अवस्थामा विभिन्न मनी ट्रान्सफरका नाममा आन्तरिक रेमिटान्स कारोबार गरी अवैध कारोबारको भुक्तानी लगायतका कार्य हुने गरेको पत्ता लागेको सिइआबीका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए ।

‘पहिलो कुरा त अहिले आन्तरिक रेमिटान्स कारोबार नै कानुनी रुपमा अवैध कारोबार हो । दोस्रो कुरा यस्तो कारोबारबाट प्राप्त हुने रकम भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली जस्ता गैरकानुनी कार्यमा प्रयोग हुने गरेको पनि पाइयो,’ प्रवक्ता शाहीले वडापालिकासँग भने ।

यी हुन प्रहरीले पक्राउ गरेका व्यक्ति र रकम

cib-18-arba-1745835707.jpg

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update