
काठमाडौँ । जुम्ली जनतालाई भेडापालनतर्फ आकर्षित गर्न र पालिरहेकालाई टिकाइराख्न भेडा गोठालालाई दिइने भत्ता यस वर्ष पनि उपलव्ध गराइएको छ ।
जुम्लाका सबै (८ वट) स्थानीय तहका भेडापालक किसानलाई यस्तो गोठालो भत्ता उपलव्ध गराइएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
कर्णालीका ५ जिललाका भेडा पाल्ने कृषकलाई हरेक महिलाना गेठालो भत्ता दिइदै आएको छ । यो प्रोत्साहन आगामी आर्थिक वर्षमा पनि निरन्तर हुने बताइएको छ ।
जुम्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए ।
सिंजा गाउँपालिका–६ का भेँडापालक किसान भीमबहादुर रावतले चालु आथिृक वर्षमा आफुले १८ हजार रुपैयाँ भत्ता पाएको बताए । उनको गोठमा एक सय भन्दा बढी भेडा छन् ।
कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ । जिल्लामा करिब १ हजार ७ सय भेडा किसानले ८८ हजार ३८८ भेँडा र ४३ हजार ३०६ वटा बाख्रा छन् ।
सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेँडा पाल्ने किसान छन् । जुम्लासहित कालिकोट, हुम्ला, मुगु र डोल्पाका भेँडापालक कृषकले भत्ता पाउँदै आएका छन् ।