
काठमाडौँ । स्थानीय तह मातहतमा रहेका सडक पुल तथा सामुदायिक पहुँच सुधारका लागि दिइएको बजेटको प्रगतिबारे बल्ल खोजी हुन थालेको छ ।
संघीय सरकारले स्थानीय तहमा सशर्त अनुदानमार्फत २०७५ सालदेखि देशभरका स्थानीय तहमा ‘स्थानीय स्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजना’ संचालन गर्दै आएको छ ।
तर यो परियोजनाको प्रगति के भयो, हालसम्म कति रकम खर्च भयो? आयोजनाहरुको अवस्था के छ, आगामी दिनमा यी परियोजना सम्पन्न गर्न कति बजेट चाहिन्छ? जस्ता प्रश्नमा संघीय सरकारले कुुनै चासो दिएको थिएन ।
यसपटक भने शहरी विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विकास विभागले देशभरका ७५३ वटै स्थानीय तहमा पत्राचार गरी यो परियोनजाको विवरण मागेको हो ।
यस्तो विवरण जेठ मसान्तभित्र वुझाउन विभागका शाखा अधिकृत भरतकुमार यादवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत देशभरका स्थानीय तहमा पत्राचार गरेका छन् ।