Odapalika - The Fourth Estate - चौथो अंग
नवलपरासीमा झाँक्री शिविर ! के भन्यो प्रशासनले ? 

काठमाडौँ । तपाईले विभिन्न स्थानमा योगा शिविर राखेको देख्नुभएको छ, सहभागी हुनुभएको छ । चिकित्सक राखेर विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर पनि नौलो होइन ।

तर पछिल्लो दिन नवलपरासी वर्दघाट सुस्ता पूर्वमा भने एउटा अनौठो कामका लागि अनुमती माग्दै जिल्ला प्रशासन कार्यालयमा पत्र पुगेको छ । 

प्रशासन कार्यालयमा झाँक्रीहरुले ३० असारदेखि १० दिनका लागि बिरामी रोगीका लागि शिविर राख्न भन्दै अनुमति मागेर निवेदन दिएको छ । 

नेपाल लोकतान्त्रिक झाँक्री संघ, बागमती प्रदेश काठमाडौँको नाममा दर्ता भएको पत्रमा रोगी बिरामीका लागि शिविर संचालन गर्न अनुमति दिन भनिएको छ । 

झाँक्रीहरुले रोगीका लागि शिविर संचालनको अनुमति माग्दै पत्र लेखेपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले ‘त्यस कार्यका लागि अनुमति नदिइएको भन्दै जिल्ला प्रहरी कार्यालयलाई कार्यान्वयनका लागि पत्राचार गरेको छ । 

रुढीवादलाई प्रश्रय हुने भएकाले झाँक्रीहरुलाई यो कार्यका लागि अनुमति नदिइएको पत्रमा उल्लेख छ । 

jhakri-1752820062.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update