
काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकट्टी गाउँपालिकाले ४ जना शिक्षक खोजेको छ । गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशित गरी सो संख्याका शिक्षक आवश्यक रहेको जानकारी दिएको हो ।
गाउँपालिकाले प्रकाशन गरेको सुचना अनुसार विज्ञान, गणित र अंग्रेजी विषयको एक एक जना शिक्षक चाहिएको छ । विज्ञान विषयको शिक्षकलाई संघीय अनुदानबाट सेवा सुविधा उपलब्ध गराइने गाउँपालिकाले जानकारी दिएको छ ।
यस्तै, गणित र अंग्रेजी विषयको शिक्षकका लागि प्रदेश अनुदानबाट सेवा सुविधा उपलब्ध गराइनेछ ।
गाउँपालिकाले एक जना बालविकास केन्द्रको शिक्षक माग गरेको छ । बाल विकास केन्द्रको लागि गाउँपालिकाले अनुदानमा शिक्षक राख्न लागेको हो ।
विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक मावि तहका लागि हो । यी शिक्षकको लागि आवश्यक न्युनतम शैक्षिक योग्यतामा कम्तिमा स्नातक वा सो सरह उतीर्ण गरी अध्यापन अनुमति पत्र प्राप्त भएको हुनुपर्ने छ । यस्तै, बाल विकास केन्द्रको लागि भने १२ कक्षा उतीर्ण भए हुने गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले साउन ९ गते पहिलो पटक सुचना प्रकाशन गरेको हो । सो पदमा आवेदन गर्ने म्याद १५ दिनसम्मको छ ।