Odapalika - The Fourth Estate - चौथो अंग
वडा र स्वास्थ्य संस्थाहरुलाई जीतपुर सिमराको सुचनाः भाडा नवीकरण गर्ने हो भने साउनभित्र सक्नू

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले सबै वडा, स्वास्थ्य संस्था र सेवा केन्द्रहरुलाई चालु आर्थिक वर्ष पनि भाडाको घरमा बस्नुपर्ने भए साउनभित्र सम्झौता नवीकरण गर्न सुचित गरेको छ ।

उपमहानगरपालिकाले एक सुचना प्रकाशित गरी चालु आर्थिक वर्ष पनि भाडाको घरमा बस्नुपर्ने भए साउन ३० गतेभित्र घरधनीसँग सम्झौता गरिसक्न भनेको हो । पहिला गरिएको घर बहाल सम्बन्धी सम्झौता असार मसान्तमा सकिएकोले साउनभित्रमा नवीकरण गरिसक्न भनिएको छ ।

घर बहाल सम्बन्धी सम्झौता गर्नको लागि घरधनीको निवेदन, गत आर्थिक वर्षमा बहाल कर वा बहाल बिटौरी शुल्क बुझाएको रसिदको प्रतिलिपी र पछिल्लो घर बहाल सम्झौताको प्रतिलिपी संलग्न हुनुपर्ने सुचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update