जीतपुरसिमराको जनकल्याण आधारभूत विद्यालयमा शिक्षक सरुवाका लागि पुनः विज्ञापन

 

काठमाडौँ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१५ को जनकल्याण आधारभूत विद्यालयले प्राथमिक तह तृतीय श्रेणीको एक स्थायी शिक्षक पदका लागि सरुवा आवेदन माग गरेको छ।

विद्यालयले शिक्षक सरुवासम्बन्धी पुनः विज्ञापन प्रकाशित गर्दै प्राथमिक तह तृतीय श्रेणीको एक दरबन्दी रिक्त रहेको जनाएको हो। 

शिक्षा नियमावली, २०५९ को दशौं संशोधनमा भएको शिक्षक सरुवासम्बन्धी व्यवस्थाअनुसार उक्त रिक्त दरबन्दी पदपूर्ति गर्न सरुवा प्रक्रियामार्फत शिक्षक छनोट गरिने विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार सरुवा हुन इच्छुक प्राथमिक तह तृतीय श्रेणीका स्थायी शिक्षकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, आफ्नो सेवा अवधि खुलेको कागजात, नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, असाधारण तथा बेतलबी बिदा लिएरनलिएको सम्बन्धी कागजात, विद्यालयको सहमति पत्र, सम्बन्धित स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइको सहमति पत्रलगायत कागजात पेश गर्नुपर्ने विद्यालयले जनाएको छ।

त्यसैगरी, शिक्षा नियमावली, २०५९ को दशौं संशोधनबमोजिम प्राथमिकतामा दाबी गर्ने कागजपत्र तथा अनुसूची–१७ बमोजिमको फारामसमेत पेश गर्नुपर्नेछ।

विद्यालयले तोकिएको अवधिभित्र प्राप्त आवेदनहरू शिक्षा नियमावली, २०५९ को दशौं संशोधन तथा प्रचलित कानुनबमोजिम मूल्यांकन गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।

विद्यालयले सरुवा प्रक्रियासम्बन्धी जानकारी तथा सूचना शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा, युवा तथा खेलकुद महाशाखा जीतपुरसिमरा उपमहानगरपालिका तथा वडा नं। १५ कार्यालयमा समेत उपलब्ध गराएको जनाएको छ।

 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update