Odapalika - The Fourth Estate - चौथो अंग
जीतपुर सिमराकाे सुचनाः अनधिकृत संरचना २४ घण्टाभित्र नहटाएर हामी डोजर चलाउँछौं, खर्च तिमीले तिर्नुपर्छ

काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले वडा नं. ९ मा पर्ने अनधिकृत संरचना २४ घण्टाभित्र हटाउन सार्वजनिक सुचना प्रकाशन गरेको छ । 

सो वडामा रहेको भोटाई चौधरीको घरदेखि बिचला इनारसम्मको सार्वजनिक बाटो ढलान गर्नुपर्ने भएकोले सो बाटोमा पर्ने सार्वजनिक जग्गाका अनधिकृत संरचना २४ घण्टाभित्र हटाउन भनिएको हो ।

उपमहानगरपालिकाले तोकेको समयभित्र संरचना नहटाएर उपमहानगरपालिकाले डोजर लगाएर हटाउने र त्यसको खर्च भने सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने सुचनामा उल्लेख छ ।

उपमहानगरपालिको सो क्षेत्रका अनधिकृत संरचना हटाउन यसअघि विभिन्न मितिमा सार्वजनिक सुचना गर्दै आएको थियो । उपमहानगरले २०८१ साल बैशाख १८ गते १५ दिने सुचना प्रकाशन गरेको थियो भने सो वर्षको जेठ ३ गर्ते अर्काे ७ दिने सुचना प्रकाशन गरेको थियो । सोही जेठ महिनाको ११ गते अर्काे ३ दिने सुचना प्रकाशन गरिएको थियो ।

उपमहानगरले पटक पटक सार्वजनिक सुचना प्रकाशन गरेर अनधिकृत संरचना हटाउन भने पनि सोको कार्यान्वयन नभएकोले डोजर लगाएर हटाउन लागिएको हो ।

jitpur-notice-1756374627.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update