गोरखाको भीमसेन थापा गाउँपालिकाको टारीफाँटमा बस दुर्घटना, २१ जना घाइते

गोरखा । काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ ०८:१७
प्रतिक्रिया दिनुहोस्