Odapalika - The Fourth Estate - चौथो अंग
मुग्लिन–नारायणगढ सडकखण्ड दिनभर बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने अवस्था रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । 

“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ,” सडक डिभिजन कार्यालय चितवनले भनेको छ, “पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएको छ ।” 

सडक डिभिजन कार्यालयले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पटकपटक गइरहेको पहिरोका कारण यो सडकखण्ड प्रयोग गर्ने यात्रुले यो वर्ष समस्या झेल्नु परेको छ । 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update