Odapalika - The Fourth Estate - चौथो अंग
थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

थुलुङ- थुलुङ दुधकोशी गाउँपालिका–६, मुक्लिकास्थित विरेन्द्रोदय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

उक्त शिविर आगामी कात्तिक २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिनेछ । थुलुङ दुधकोशी गाउँपालिकाको समन्य तथा सहजीकरण र कादुरी बि जि एन द्धारा सञ्चालन हुन लागेको यस स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । 

शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा परीक्षण र मोतिबिन्दु शल्यक्रिया, दाँतको उपचार तथा आवश्यक परे दाँत झिक्ने सेवा, साथै रगत, पिसाब, मुटुको ईसीजी, भिडियो एक्स–रे लगायतका विभिन्न परीक्षणहरू निःशुल्क रूपमा उपलब्ध गराइने छ । उपचारपछि आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिने जनाइएको छ ।

मोतिबिन्दु शल्यक्रिया गराइएका बिरामीका लागि शिविरपछि खानाबासको र ओडने ओछयाउनेको व्यवस्था स्वयम् बिरामीले गर्नुपर्ने आयोजकले जनाएको छ । त्यसका साथै, शिविरमा कादुरीद्वारा सञ्चालित विभिन्न निःशुल्क सिपमूलक तालिमहरूबारे परामर्श, छनोट तथा सहजीकरण समेत गरिनेछ ।

 गाउँपालिकाले स्थानीय सर्वसाधारणलाई यस स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन उपस्थित हुन आग्रह गरेको छ। एग्रिकल्चर एड एशोसिएसन आयोजक रहेको छ । शिविर बिहान ८ बजे देखि बेलुकी ४ बजे सम्म सच्चालन हुने छ ।


 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update