Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना
तस्बिरः रासस

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गरेकी छन् । 

प्रधानमन्त्री कार्की आज कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेकी हुन् । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । व्रतालु भक्तजनहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहिआएको छ । 

छठ पर्वमा नदी किनार, तालतलैया, पखरीमा पुगेर पूजा आराधना गरिन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिने धार्मिक परम्परा छ । छठ पर्वका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update