सप्तरी - अनलाइन ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका ९ का २७ वर्षीय अनिलकुमार यादव छन्।
प्रहरीका अनुसार उनले २०७९ सालदेखि सुरु भएको अनलाइन ठगी घटनामा संलग्न रही कुल १४ लाख ४० हजार रुपैयाँबराबरको रकम विभिन्न व्यक्तिबाट असुली गरेका थिए।
२०७९ सालमा दर्ता भएको ठगी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि, प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। अन्ततः प्रहरीको विशेष टोलीले ७ असोज २०८२ मा लहान नगरपालिका ५ स्थित विराटनगर रोडबाट उनलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
प्रहरीले पक्राउका क्रममा उनको मोबाइल, सिम कार्ड र बैंक खातासँग सम्बन्धित केही प्रमाणसमेत बरामद गरेको जनाएको छ।







