दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ
बुधबार, वैशाख २, २०८३
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
शुक्रबार, चैत २०, २०८२
मध्य पश्चिम मुलुकमा युद्धको प्रभावका कारण रोजगार गुमाउनुपर्ने जोखीम नरहेको प्रवक्ता क्षेत्रीले बताए। उनका अनुसार खास गरी होटल, रेष्टुरेण्ट र पर्यटन जस्ता क्षेत्रमा नेपाली कामदारले जागीर गुमाउने चिन्ता बढेको भए पनि ठूलो क्षेत्रमा त्यसको खतरा नरहेको सम्बन्धित नियोगहरुले जानकारी दिएका छन् । खाडी मुलुकमा युद्धबाट प्रभावीत/असुरक्षित भई घर फर्किन चाहने...
यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ
सोमबार, चैत १६, २०८२
त्यसैगरी नेपाल प्रहरीले सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिइओ अर्याललाई आज पक्राउ गरेको हो । अर्याललाई काठमाडौँ महानगरपालिका वडा नं २९ न्यूप्लाजा पुतलीसडकबाट पक्राउ गरिएको हो ।
नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ
आइतबार, चैत १५, २०८२
गएराति नेपालगन्ज—१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै जलेर घाइते भएको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो । सुरुमा पहिचान नखुले पनि अनुसन्धानका क्रममा निज नेपालगन्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको पत्ता लागेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए।
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ
सोमबार, चैत ९, २०८२
‘आज थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौँ आगमन भएका निज थाई नागरिक थुइओनले आफ्नो सुटकेसभित्र प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ अन्दाजी तीन किलो ४३५ ग्राम (प्लाष्टिक सहित) लुकाइछिपाई लैजान लागेको अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो‚’ उनले भने ।
क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ
मंगलबार, चैत ३, २०८२
पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद रु एक लाख ९० हजार, विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड मिलन प्रधान नाम गरेको एक थान, सवारी चालक अनुमति पत्र दुई थान, नक्कली भारतीय भोटर कार्ड एक थान, सिसी क्यामेराको डिभिआर तीन थान तथा नेपाली खेलाडीले विभिन्न मितिमा नेपाली नगद साटेको...
भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा
बुधबार, फागुन २०, २०८२
आज जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।
बेलकोटगढी नगरपालिकामा एक व्यक्तिको हत्या‚ संलग्न रहेको आरोपमा दुई जना पक्राउ
बिहीबार, माघ २२, २०८२
स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।
बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने तामाङ पक्राउ
बुधबार, माघ २१, २०८२
पक्राउपर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ३६ वर्षीया कुमारी तामाङ रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उदयपुर सिमेण्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ४६ करोड बिगो
आइतबार, माघ १८, २०८२
आयोगले कम्पनीका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर बीसीलाई पनि प्रतिवादी बनाएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
आइतबार, माघ १८, २०८२
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको म्याग्दे गाउँपालिका–७ का किरणसिंह ठकुरीले डिभी प्रयोजनका लागि नेपालस्थित अमेरिकाको राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
आइतबार, माघ १८, २०८२
यस्तै, दुल्लु नगरपालिका– १ दैलेखका १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका २४ वर्षीय वीरबहादुर ठाडा, बैजनाथ गाउँपालिका–२ बाँकेका २४ वर्षीय रामु कार्की र वडा नं १ का २५ वर्षीय मोतिलाल थारू रहेको सूचना अधिकारी बुढ्थापाले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्ति तथा गिरोहको खोजीकार्य भइरहेको र पक्राउ...
चितवनमा हत्या आरोपमा पाँच जना प्रहरीको नियन्त्रणमा
बिहीबार, माघ १५, २०८२
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउपर्नेमा बारा, जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भनिने शुक्रबहादुर भोलन, सोही ठाउँमा घर...

