Odapalika - The Fourth Estate - चौथो अंग
उच्च अदालतद्वारा राजुनाथ पाण्डेले दायर गरेको रिट खारेज
फाइल तस्बिर

काठमाडौं - उच्च अदालत पाटनले यसअघि दिएको आदेश खारेज गर्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै रहने आदेश गरेको छ । यसअघि उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको थियो । 

पाण्डेले दायर गरेको रिट खारेज गरिएको उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए । न्यायाधीशहरु डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दिएको रिट निवेदन खारेज गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यकक्षमा प्रवेश रोक लगाएपछि उनलाई निलम्बन गरिएको थियो । आफूलाई गैरकानुनी रुपमा नै निलम्बन गरिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए । सोही रिट अहिले खारेज गरेको हो ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update