Odapalika - The Fourth Estate - चौथो अंग
सोनापुर मिनरलले तिर्‍यो डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एन्ड आयाल प्रालिले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ । मंगलबार पहिलो किस्ता तिरेपछि कात्तिक ७ मा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत् लाइन हिजो साँझ जडान गरिएको छ । 

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ । 

बक्यौतालाई २८ किस्तामा विभाजन गरीे सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update