आज मङ्गलबार, ९ मंसिर २०८२ (२५ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइएला। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। सेयर बजारबाट राम्रै सफलता पाइनेछ। शरीरमा उमङ्गको कमी देखिनेछ।
भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृष: शुभ समाचार सुन्न पाइएला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कतैबाट शुभ समाचार सुन्नमा आउला। साँझमा नजिकका व्यक्तिसँग झगडा पर्न सक्छ।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
मिथुन: घरपरिवारमा झैझमेलाको अवस्था आउला। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। भनेको कुराको विपरीत अर्थ लाग्ला। बन्न लागेको काम बिग्रन सक्छ। ठूलाबडाको आशीर्वादले काम बन्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कर्कट: बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। सन्तानबाट सुख मिल्ला।
भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
सिंह: सजिलै अरूको विश्वास जित्न सकिनेछ। व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
भाग्यशाली रङ घ्यु रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
कन्या: मित्रहरूले सहयोग गर्नेछन् र तपाईँलाई खुसी राख्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। समाजसेवामा मन लाग्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
तुला: परिवारमा झैझमेलाको अवस्था आउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। मन भावुक र उत्ताउलो बन्न सक्छ। साँझमा अरूलाई प्रभावित पारेर काम बन्नेछ।
भाग्यशाली रङ घ्यु रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३७, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
वृश्चिक: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। जीवनसाथीसँग राम्रो आहार-विहारका साथै रमाइलो समय बिताउनुहुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग देखिन्छ। साँझमा भने तनाव बढेको महसुस हुनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु: कामहरू अगाडि बढ्नेछन्। समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आकस्मिक धन लाभ हुनेछ तर अरूको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मकर: इच्छा, आकाङ्क्षा पूर्ण हुने छन्। नयाँ वस्त्र प्राप्ति होला। सेवामूलक कामबाट सफलता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। धनमाल हात लाग्न सक्छ।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कुम्भ: सुखदुःख बराबरी हुने खालको दिन छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। व्यर्थको सास्ती खेप्नु पर्नेछ। वैदेशिक कार्य कमजोर रहला। परिवारका लागि धेरै समय दिन पाइने छैन।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मीन: व्यापार, व्यवसायबाट पर्याप्त लाभ मिल्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। बजार घुम्ने अवसर मिल्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।






