Odapalika - The Fourth Estate - चौथो अंग
कस्तो हुनेछ त तपाईँको आजको दिन? हेर्नुहोस् राशिफल

आज बिहीबार, ११ मंसिर २०८२ (२७ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: भोजभतेरमा सहभागी भइनेछ। लामो समयदेखि रोकिएको कामको पुन: योजना बन्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: स्थान परिवर्तनका योग देखिन्छ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। कुनै कुराले मनमा शान्ति छाउला। सेयर बजारबाट लाभ मिल्नेछ। महत्त्वाकाङ्क्षी योजना भने गोप्य राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मिथुन: प्रेमी-प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। व्यर्थको सास्ती खेप्नु पर्ला। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। साँझमा वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कर्कट: आँटे-ताकेको पूरा हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभारम्भको चर्चा चल्नेछ। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। सकारात्मक सोचाइ राख्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: घरपरिवारबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका पाइएला। शुभकार्यमा सरिक भइनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कन्या: लामो समयदेखि रोकिएको काम पूरा हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दक्षिणको यात्रा राम्रो हुनेछ। निलो रङको प्रयोग नगर्ने।

तुला: बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। राजनीतिक कार्यमा बाधा होला। आलोचना गर्नेहरूबाट सजग रहनु पर्छ। अनावश्यक धन खर्च हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृश्चिक: रमाइलो र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्ला। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर: ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनुपर्दा मन खिन्न हुनेछ। औषधि, उपचार खर्च बढ्न सक्छ। बेलुकीपख हौसला र उत्साह मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक यात्राको योग छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

मीन: जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम जीवन ठिकै छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update