Odapalika - The Fourth Estate - चौथो अंग
राशिफल १५ मंसिर: वृषलाई विश्वास जित्ने मौका, मीनले नयाँ जिम्मेवारी पाउने, अरुको के ?

आज सोमबार, १५ मंसिर २०८२ (१ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: यात्राको योजना विफल हुन सक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। तनाव बढेको महसुस हुनेछ। साँझमा समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुने छन्। परिवारसँग रमाइलो भेटघाट हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।


वृष: पुरानो समस्या सुल्झाउन सकिनेछ। सजिलै अरूको विश्वास जितिएला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: शुभकार्यको योजना बन्नेछ। तर्क र प्रतिस्पर्धामा पकड भएको समय छ। सेवामूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अरूको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: रमणीय र सुखद यात्राको योग छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कतैबाट शुभ समाचार सुन्नमा आउनेछ, साँझमा भने नजिकका व्यक्तिहरू सँग झगडा पर्न सक्नेछ। आजको मन्त्र- भावनामा शक्ति हुन्छ, अनि सन्तुलनमा चमत्कार।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

सिंह: भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। शैक्षिक क्षेत्र कमजोर रहनेछ। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। ठूलाबडाको आशीर्वादले काम बन्न सक्छ। आजको मन्त्र- धैर्य नै सबैभन्दा दृढ सफलता हो।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

कन्या: कीर्तिमानी काम गर्ने समय छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

तुला: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बन्धु बान्धवबाट सहयोग पाइनेछ। सेयर बजारको कारोबारबाट राम्रै सफलता पाइनेछ। मध्य दिनपछि मनमा उत्साह र उमङ्गको कमी देखिनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: नयाँ कार्यको योजना बन्नेछ। मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्लान्। साँझमा धन खर्च हुनेछ। नयाँ उद्योग वा रचनात्मक कार्यको योजना बन्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६२, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

धनु: कार्यमा बाधा आउन सक्छ। व्यर्थको सास्ती पनि खेप्नु पर्ला। परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर मिल्नेछ। सेयर बजारले साथ दिनेछ र वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ४१% रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४७, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मकर: नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य कमजोर रहनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कुम्भ: आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। जीवनसाथीसँग राम्रो आहार-विहारका साथै रमाइलो समय बिताउनु हुनेछ। सफल यात्राको योग छ। आजको मन्त्र- स्थिर सोच र शान्ति सफलताको सारथि हुन्।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मीन: नयाँ जिम्मेवारी पाइएला। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। उत्तर दिशाको यात्रा नगर्ने।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update