काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्न लगानी प्रवर्द्धन र सुरक्षाको प्रत्याभूति नीति आवश्यक रहेको बताएका छन् ।
लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरूलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए । “लगानीमैत्री वातावरण निर्माणका लागि पहिलो आवश्यकता सुरक्षाको प्रत्याभूति नै हो,” उनले भने ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २९औँ वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले स्वदेशी लगानीकर्ताको मनोवल उकास्न सरकारले अविलम्व लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।
करिब ६ वर्षदेखि नै कोभिड–१९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कुशल व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र शिथिलताबाटै गुज्रिरहेको उनको भनाइ छ ।







