Odapalika - The Fourth Estate - चौथो अंग
मधेसको सभामुख पदमा यादवको उम्मेद्वारी 

महेन्द्रनगर- मधेस प्रदेशसभाको सभामुख पदका लागि दलहरूले नाम दर्ता गरेका छन्।

सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन्।

उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। उनको पस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update