Odapalika - The Fourth Estate - चौथो अंग
१५ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि १० वटा दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् ।

यो सामाग्री तयार पार्दा सम्म आयोगका प्रवक्ता नारायणपसाद भट्टराईका अनुसा र१५ दलले सूची बुझाएका छन् । उनका अनुसार ५५ वटा दलले ५० हजार रुपैयाँ तिरेर निस्सा लिएका छन् ।

निस्सा लिएका दललाई रातभरि लगाएर भए पनि बन्द सूची दर्ता गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायतका दलले बन्द सूचीका लागि निस्सा लिएका छन् ।

एमालेको तर्फबाट निरज आचार्य सूची लिएर आयोगमा पुगेका छन् । नेपाली कांग्रेसको तर्फबाट मीन विश्वकर्मालगायत नेताहरू आयोगमा छन् ।

608785041_1653263048993217_7327247806376119166_n-1767017750.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update