काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका उमेदवारको बन्दसूची बुझाएको छ । मंगलबार बिहान पौने ६ बजे रास्वपाले निर्वाचन आयोगमा बन्दसूची बुझाएको हो ।
सोमबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०बीच सहमति भएको थियो । सहमतिअनुसार रवि, कुलमान र बालेनले रास्वपाबाटै चुनाव लड्ने भएका हुन् ।
कुलमानका १८, बालेनका ४० जना समानुपातिक उमदेवार पाउने भएका छन् । रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपूतसम्म छन् ।
रास्वपाले आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना, प्रमोद न्यौपानेसहित जेनजीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ ।
रास्वपाको समानुपातिक बन्दसूची : ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म, अरु को को छन् ?









