निर्वाचनका लागि ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृत नियुक्त

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनका लागि आवश्यक प्रशासनिक नेतृत्वको टुंगो लगाएको हो।

न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। त्यसैगरी, न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम गरिएको यो नियुक्ति आगामी पुस २५ गतेदेखि लागू हुनेछ। नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले आगामी माघ २ गतेभित्र आफू खटिएको निर्वाचन क्षेत्रमा पुगेर कार्यालय स्थापना गर्नुपर्नेछ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update