Odapalika - The Fourth Estate - चौथो अंग
राशिफल २१ पुस : कन्याको प्रेमको गाँठो फुक्ने, मेषलाई जरिवाना, तपाईँको भाग्य कस्तो?

आज सोमबार, २१ पुस २०८२ (५ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: समझदारी र धैर्य महत्त्वपूर्ण रहनेछ। दण्ड वा जरिवानामा परिने योग छ। धैर्यसँग काम लिनुहोला। साँझमा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सुमधुर मिलनको सम्भावना छ। ‘शब्दले मात्र होइन, विचारले पनि सशक्त बन’ भन्ने मन्त्र आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

वृष: नयाँ कार्यमा सहकर्मी र परिवारको साथ रहनेछ। रमाइलो यात्रामा निस्कन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ भने नयाँ सवारी साधन प्राप्तिको योग छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।

मिथुन: नयाँ ज्ञान सिक्ने मौका छ। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रेममा मधुरता छाउनेछ। रमाइलो यात्राको सम्भावना छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। साँझमा अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६३, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य गर्ने। तामसिक भोजन नगर्ने।

कर्कट: सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसायबाट बढी सफलता मिल्नेछ। टाढिएका परिवारका सदस्यसँग भेटघाट हुनेछ। समाजसेवामा मन लाग्नेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

सिंह: खर्च बढ्ने सङ्केत छ। स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। गरेका काममा ढिलासुस्ती हुन सक्छ। यात्रामा बिघ्नबाधा आउने योग छ तर निराश र हतास नहुनुहोला। ‘डरको सीमा तोड्नु नै नाफाको पहिलो पाइला हो’ भन्ने मन्त्र मनन गर्नुहोला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ५० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या: साथीभाइसँग रमाइलो गर्ने अवसर जुर्नेछ। प्रेम सम्बन्धमा लामो समयदेखिको गाँठो फुक्नेछ। वैदेशिक लगानी, सेयर बजार, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन पर्ने वस्त्र एवं अलङ्कार प्राप्तिको योग छ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला: पुरानो समस्या सुल्झाउन सकिनेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ हुने देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७५, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक: सामाजिक सम्बन्ध सुदृढ हुनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। प्रेममा समीपता बढेर जानेछ। जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ। वैदेशिक, सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

धनु: कुनै पनि निर्णय लिनुअघि राम्रोसँग विश्लेषण गर्नुहोला। स्वास्थ्यमा समस्या आउन सक्छ। कडा मिहिनेत र लगनशीलतापूर्वक गरिएको कामबाट लाभ हुने सम्भावना छ। पुँजी बजारमा लगानी नगर्दा बेस होला। आत्मबल बढाएर काम गरेमा सफल भइनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीको सेवा गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

मकर: मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। प्रेमी वा शुभचिन्तकबाट राम्रो सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: मन पर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। सामाजिक सम्बन्ध सुदृढ हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ भने कामबाट फुर्सद मिल्नेछ। ऋण गरेरै भए पनि सामान खरिद गरिनेछ। स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

मीन: साथीभाइसँग समय बित्नेछ। जोस, जाँगर र उमङ्ग बढ्ला। श्रमको उचित मूल्याङ्कन हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६०, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update