काठमाडौँ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटेको छ।
यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर १ रुपैयाँ घटेको छ।
निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु १ सय ५६ र डिजेल र मट्टीतेल प्रतिलिटर रु १ सय ३६ कायम भएको छ। इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२ ०६:१०
प्रतिक्रिया दिनुहोस्





