Odapalika - The Fourth Estate - चौथो अंग
एकै ठाउँमा हेर्नुहोस् सबै दलले समानुपातिक सुचीमा राखेका उम्मेदवारहरुको नाम र ठेगाना

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसुची सार्वजनिक गरेको छ । माघ ४ गते आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेस भएका उम्मेदवारको बन्दसुची सार्वजनिक गरिएको हो ।

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ अनुसार आज नामावली सार्वजनिक गरी आयोगको वेबसाइट राखिएको छ ।

सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २१३ जना उम्मेदवारको बन्दसुची प्रकाशन गरिएको छ ।

उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले उजुरी गर्न सकिने आयोगको भनाइ छ ।

आयोगका अनुसार माघ ५ देखि माघ १० गतेसम्म बिहान १० बजेदेखि अपराह्न बजेभित्र निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उजुरी दिन सकिनेछ । 

यी हुने सबै दलले समानुपातिक सुचीमा राखेका उम्मेदवारको नाम र ठेगाना

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update