Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन रास्वपाले कर्णालीमा टिकट दिएका ११ जना नेता, कसको पृष्ठभूमि कस्तो ?

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दाबीसहित चुनावी मैदानमा उत्रन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका हुम्लाबाहेक सबै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । 

रास्वपाले १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो ।

रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काले हुम्लाबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लागेको बताएका छन् ।

कुन जिल्लामा को ?

सुर्खेत

१ टेकबहादुर सिंह

२ रमेश सापकोटा

दैलेख

१ नन्दकिशोर बस्नेत 

२ बखतबहादुर शाही

सल्यान

ललित चन्द

रुकुम पश्चिम 

मानबहादुर शाही

जुम्ला

विनिता कठायत

मुगु

भुवन टमटा

कालिकोट

प्रकाश न्यौपाने

जाजरकोट

राघव कार्की 

डोल्पा

देवसिंह ऐडी

पृष्ठभूमि

नयाँ राजनीतिक दलको रुपमा उदाएको रास्वपाले प्रतिनिधिसभामा चुनावी प्रतिस्पर्धा गर्न लागेको यो दोस्रो पटक हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएको रास्वपाका धेरै नेताहरु राजनीतिक रुपमा चिनिएका छैनन् । रास्वपाले उम्मेदवार बनाएका धेरै नेताहरु यसअघि सामाजिक लगायत क्षेत्रमा प्रतिष्ठा कमाएका व्यक्तिहरु छन् ।

रास्वपाले जाजरकोटको लागि उम्मेदवार बनाएका अधिवक्ता राघव कार्की लामो समय सरकारी सेवामा थिए ।

डोल्पाको लागि उम्मेदवार बनेका देवसिंह ऐडी इन्जिनियर हुन् भने सुर्खेत–१ मा उम्मेदवार बनेका टेक बहादुर सिंह कांग्रेसका पूर्वजिल्ला उपसभापति हुन् । 

सुर्खेत–२ मा उम्मेदवार बनेका रमेश सापकोटा यातायात व्यवसायी हुन् । उनी रास्वपाको सुर्खेत जिल्ला सभापतिसमेत हुन् । 

दैलेख–१ बाट उम्मेदवार बन्न लागेका नन्दकिशोर बस्नेत होटल व्यवसायी पनि हुन् । उनी औद्योगिक जिल्ला व्यवस्थापन लिमिटेडका पूर्वअध्यक्ष तथा महाप्रबन्धक समेत हुन् । 

दैलेख–२ मा उम्मेदवार बनाइएका बखतबहादुर शाही नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्वकार्यकारी प्रमुख हुन् । 

कालिकोटबाट उम्मेदवार बन्न लागेका प्रकाश न्यौपाने सिए अध्ययनरत चर्चित टिकटकर हुन् ।

सल्यानका उम्मेदवार ललित चन्द सिभिल इन्जिनियर हुन् । रुकुम पश्चिममा उम्मेदवार बनेका मानबहादुर शाही पनि इन्जिनियर नै हुन् । 

जुम्लामा उम्मेदवार बन्न लागेकी विनिता कठायत भने ०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेकी हुन् । उनी रास्वपाका चर्चित सांसद पनि हुन् ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update