काठमाडौँ । नेपाली कांग्रेस गोरखाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा गाउँ तहमै रहेर सहयोग गर्न कार्यकर्तालाई आग्रह गरेको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले यस्तो आग्रह गरेका हुन् ।
‘पार्टीले टोल, वडा र पालिकासम्मका नेता कार्यकर्तालाई आफ्नै स्थानमा खटिएर चुनावमा सहयोग गर्न सर्कुलर गरिसकेको छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता पनि पूर्ण रुपमा पालना गर्न भनेका छौ ।’ केही दलहरुबाट आचारसंहिता उल्लघंन भएको पाइएको उनले गुनासो गरे ।
आचारसंहिता पालना भए नभएको विषयमा निगरानी बढाउन कांग्रेसले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । मतदाताहरुलाई मनोवैज्ञानिक हिसाबले दवाव दिने काम कांग्रेसबाट नहुने सभापति न्यौपानेले जिकिर गरे ।







