ऊर्जा स्थलमा आक्रमण गरिए होर्मुज स्ट्रेट पूरै बन्द गर्ने इरानको चेतावनी

काठमडौँ ।  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्ना ऊर्जा स्थलहरूमा आक्रमण गरेमा होर्मुज स्ट्रेट 'पूर्ण रूपमा' बन्द गरिने बताएको छ।

इरानी मिडियामा प्रकाशित विज्ञप्तिमा आईआरजीसीले भनेको छ, 'यदि इरानको ऊर्जा स्थलहरूमा आक्रमण भयो भने हाम्रा नष्ट गरिएका पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म हामी होर्मुज स्ट्रेट खोल्ने छैनौँ।'

अनि इजरायलमा रहेका पावर प्लान्ट, ऊर्जा प्रतिष्ठान र आईटी पूर्वाधारहरूमा व्यापक आक्रमण गर्ने चेतावनी पनि आईआरजीसीले दिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, 'हामी अमेरिकी सेयरधनी भएका सबै कम्पनीलाई निसाना बनाउनेछौँ।' 

साथै अमेरिकी आधार रहेका देशहरूका पावर प्लान्ट पनि लक्ष्य हुने आईआरजीसीले उल्लेख गरेको छ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update