एजेन्सी।अमेरिकाले बिहीबार लगातार दोस्रो दिन इरानका केही स्थानमा हवाई हमला गरेको छ । गत अप्रिलमा युद्धविराम भएयताको यो पहिलो लगातार हमला हो ।
इरानी मिडियाका अनुसार केशम द्विप, बन्दर अब्बास, मिनाब र सिरिकमा विस्फोटका आवाज सुनिएका छन् । केही स्थानमा एयर डिफेन्स सिस्टम सक्रिय पारिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताका लागि ढिलाइ गरेकाले अमेरिकाले दबाब बढाउने बताएका छन् । उनले अमेरिकी सेनाले ४९ वटा टोमहक मिसाइल प्रहार गरेको र लडाकु विमानबाट समेत हमला गरेको उल्लेख गरेका छन् ।
यसको जवाफमा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर हमला गरेको दाबी गरेको छ । यद्यपि हमलामा कुनै क्षति भएको पुष्टि भइसकेको छैन ।





