रोकियो एफएनसीसीआईको निर्वाचन, यस्तो छ कारण
काठमाडौं । चैत २९ र ३० गते गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं बार्षिक साधारणसभा तथा चुनाव रोकिएको छ ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा आज उच्च अदालत पाटनका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले सभा तथा निर्वाचन नगर्न अन्तरिम आदेश दिएको छ ।
अदालतको यो आदेशसँगै एफएनसीसीआईको निर्वाचन रोकिएको छ । एफएनसीसीआई नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो साझा संस्था हो ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ १६:४२
प्रतिक्रिया दिनुहोस्






