हेटौँडाको मुख्य सडक विस्तार रोकियो
हेटौँडाको मुख्य सडक विस्तार रोकियो सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वाेच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ ।
बैंकिङ प्रणालीमा थुप्रियो पैसा
बैंकिङ प्रणालीमा थुप्रियो पैसा लामो समयदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक हुँदा नेपाल राष्ट्र बैंकले पटकपटक विभिन्न उपकरणमार्फत प्रशोचन गरी मुद्रा व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले चालू आवको मंसिर २० सम्म विभिन्न अवधिमा नौ खर्ब १७ अर्ब ३९ करोड ५३ लाख रुपैयाँबराबरको तरलता व्यवस्थापन गरेको छ ।  
महासंघले भन्योः रियल-इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक
महासंघले भन्योः रियल-इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा आवास क्षेत्रमा अव्यवस्थित नियमन, मनपरी कर, मूल्यांकनका त्रुटिहरू र सरकारी निष्क्रियताका कारण निर्माण तथा आवास बजार प्रभावित भइरहेको जनाएको छ ।
रिलायन्स स्पिनिङ मिल्सको आइपिओ भोलीबाट निष्कासन हुँदै
रिलायन्स स्पिनिङ मिल्सको आइपिओ भोलीबाट निष्कासन हुँदै रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो ।
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग,  प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग, प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा चेतन इन्जिनियरिङले भारतीय बहुराष्ट्रिय निर्माण कम्पनी एलएण्डटीको तर्फबाट जरिवाना वापतको रकम तिरेको हो । 
भाटभटेनी सुपर मार्केटको बालुवाटारस्थित वेयरहाउस सञ्चालनमा
भाटभटेनी सुपर मार्केटको बालुवाटारस्थित वेयरहाउस सञ्चालनमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको भाटभटेनी सुपरमार्केटको वालुवाटारस्थित वेयरहाउस सञ्चालनमा आएको छ।
झापामा नरिवलको व्यावसायिक खेती
झापामा नरिवलको व्यावसायिक खेती समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् ।
अलैँचीको मूल्यमा निरन्तर गिरावट‚प्रतिमन ९२ हजार रुपैयाँ कायम
अलैँचीको मूल्यमा निरन्तर गिरावट‚प्रतिमन ९२ हजार रुपैयाँ कायम पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मंसिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो ।
टेम्केमैयुङ गाउँपालिकामा निर्माणाधीन अस्पताल ठेकेदारको लापरबाहीले पाँच वर्षदेखि अलपत्र
टेम्केमैयुङ गाउँपालिकामा निर्माणाधीन अस्पताल ठेकेदारको लापरबाहीले पाँच वर्षदेखि अलपत्र टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो।
नारायणगढ-बुटवल सडक विस्तारको भौतिक प्रगति ७६ प्रतिशत
नारायणगढ-बुटवल सडक विस्तारको भौतिक प्रगति ७६ प्रतिशत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ ।
दुई वर्षपछि चिनियाँ अदालतबाट नबिल बैंकलाई न्याय
दुई वर्षपछि चिनियाँ अदालतबाट नबिल बैंकलाई न्याय करिब दुई वर्षपछि नबिल बैंकले चिनियाँ ठेकेदार कम्पनीसँग सम्बन्धित एक अर्ब ६ करोड ९६ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बापत भुक्तानी पाउने भएको छ ।  चिनियाँ अदालतले नबिल बैंकको पक्षमा यो फैसला गर्दै काउन्टर ग्यारेन्टी जारी गर्ने चिनियाँ बैंकलाई उक्त रकम भुक्तानी गर्न आदेश दिएको हो ।
बढेको बढ्यै अमेरिकी डलरको मूल्य
बढेको बढ्यै अमेरिकी डलरको मूल्य नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । 
Weather Update